१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


च्याम्पियन्स लिगमा दोस्रो चरणका खेल आजबाट सुरु हुँदै, यस्तो छ भिडन्त


0
Shares

काठमाडौं, असोज ११ । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणका दोस्रो लेगका खेल आज(मंगलबार)बाट हुँदैछन् ।

राति समुह ई, एफ, जी र एच का आठ खेल हुने छन् । समुह ई को खेलमा रुसको सि.एस.के.ए मस्को र इङ्ल्यान्डको टोटनह्याम हट्सपर भिड्दा फ्रान्सको मोनाकोले जर्मनीको बायर लिभरकुजनसँग खेल्नेछ ।

यसैगरी समुह एफ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले स्पेनको रियाल मड्रिडसँग खेल्दा पोर्चुगलको स्पोर्टिङ र पोल्याण्डको लेजिया वार्स भिड्नेछन् ।

समुह जी मा डेनमार्कको एफ.सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजसँग खेल्दा इङ्ल्यान्डको लेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोलाई प्रतिद्वन्द्वी पाएको छ ।

उता समुह एच को खेलमा क्रोएसियाको डाइनामो जागे्रे र इटालीको युभेन्टस तथा स्पेनको सेभिया र फ्रान्सको लियो भिड्नेछन् । समुह चरणका दोस्रो लेगका बाँकी ८ खेल बुधबार राती हुनेछन् ।