पाँचथर, असोज ११ । पाँचथर सदरमुकाम फिदिम नगरपालिका–४ स्थित चारखम्बेका स्थानीयले रातो माटो बिक्री गरेर दसैं खर्च जुटाउन थालेका छन् ।
रातोमाटो बिक्री गरेर यहाँका स्थानीयले राम्रो आम्दानी गरिरहेका छन् । माटो बिक्रीबाटै स्थानीयले वार्षिक ५० देखि ७० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
विशेष गरी दसैं–तिहारका बेला घर सिंगार्न अधिकांशले रातो माटो खरिद गर्ने गर्दछन् । यहाँको रातो माटो प्रतिबोरा ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।
यहाँको रातो माटो राम्रो हुने भएकाले पाँचथरका विभिन्न गाविस, ताप्लेजुङ, तेह्रथुमको आठराई भेगका स्थानीयले खरिद गर्ने गर्दछन् ।





प्रतिक्रिया दिनुहोस्