११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


प्रधानमन्त्री दाहालसँग मानवअधिकारकर्मीको भेटवार्ता


0
Shares

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मानव अधिकारकर्मीहरुको टोलीले भेट गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शान्ति प्रक्रियाका सहजकर्ता एवं बरिष्ठ मानव अधिकारकर्मीहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर र वीरेन्द्र मिश्रसहितको टोलीले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो ।

भेटमा प्रधानमन्त्री दाहाल र अधिकारकर्मीबीच शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय प्रणाली र सामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले द्वन्द्वको व्यवस्थापन र सहजीकरणमा मानव अधिकारकर्मीले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी काम र राजनीतिक सहकार्यको वातावरणका लागि क्रियाशील हुन अनुरोध गरेका थिए ।