Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


आप्रवासी कामदारसम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं, असोज ११ । आप्रवासी कामदारसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनमा सहभागीहरुले मुलुकमा आर्थिक वृद्धिदर अपेक्षित नहुँदा वैदेशिक रोजगारी लागि हजारौं युवा बाहिरिन बाध्य हुनुपरेको बताएका छन् ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले वैदेशिक रोजगार शोषणमुक्त र सुरक्षित बनाउने सरकारी नीति भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । उनले वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा माइती नेपालीको अध्यक्ष अनुराधा कोइरालाले स्वदेशमै महिला कामदार सुरक्षित नरहेको भन्दै खाडी राष्ट्रहरुमा महिला कामदार अझै पनि सुरक्षित अवस्थामा नरहेकाले कुनै पनि सम्झौता नगरी त्यस्ता मुलुकमा महिला कामदार पठाउनु नहुने बताइन् ।

कार्यक्रममा भारतवाहेकका मुलुकमा रोजगारका लागि झन्डै २६ लाख युवा गएको तथ्यांक सार्वजनिक गरिएको थियो ।

विशेषगरी खाडी मुलुक, मलेसिया र कोरियामा नेपालीहरु कामदारका रुपमा जाने गरेको तथ्यांकमा देखाइएको छ ।

२ दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा आप्रवासन श्रमिकहरुको समस्या र समाधानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।