काठमाडौं, असोज ११ । नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोलपम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेलापारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।
‘हेलो सरकार’मा परेको निवेदका आधारमा कार्यालयले जाँच गर्दा उक्त परिमाणमा फेलापारेको हो ।
‘नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौं’–उनले भने ।
यस्तै, कार्यालयले नयाँबजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिइ सन्चालन गरेको तथा ढक, तराजु चेकजाँच नगराइ सन्चालन गरेको जनाएको छ ।
उक्त कोल्डस्टोरलाई जरिवनाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ ।
यसैगरी, हेलो सरकारको उजुरीकै आधारमा बत्तीसपुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्