
काठमाडौं, असोज ११ । धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस मंगलबार मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।
यसैबीच, दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याइएको छ ।
नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट उनीहरुलाई मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो । ११ जना घाइतेलाई त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा राखिएको छ ।
घटनास्थलबाट उद्धार गरेर काठमाडौं ल्याउनेक्रममा एक महिलाको बाटोमै मृत्यु भएको बताइएको छ । उनको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अनुहार र हात खुट्टामा चोट लागेको छ ।
भूकम्पपीडितका लागि सरकारले दिएको पहिलो किस्ताको रकम लिएर जिल्ला सदरमुकाम धादिङबेसीबाट गाउँ फर्कंदै गरेकाहरु चढेको बस दुर्घटनामा परेको हो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्