२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चरिकोट घटनालाई अतिरन्जित गरियो : नेपाल चिकित्सक संघ


0
Shares

काठमाडौं, असोज ११ । गत शनिबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारकोक्रममा दुई वर्षीय बालकको निधन भएपछि भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘चिकित्सकीय धर्म निर्वाह गर्दा गर्दै कसैको मृत्यु हुन्छ भने त्यसमा चिकित्सकको कुनै दोष नहुने भएपनि मानवीय त्रुटि हुन सक्नेतर्फ सचेत रहँदै ऐनअनुसार अगाडि बढ्नुपर्नेमा सो घटनालाई अतिरन्जित गरिएको’ भन्दै चिकित्सक संघले आपत्ति जनाएको हो ।

संघले ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि सामान्य मानवअधिकारको मान्यताविपरीत सुरक्षाकर्मीहरुको उपस्थितिमै अमानवीय, अस्वाभाविक र सुनियोजित ढंगबाट अपमान गर्दै अत्यन्तै घृणित व्यवहार प्रदर्शन गरिएको’ भन्दै दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।

सो घटनाका सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्थानीय सुरक्षा निकायहरुसँग गम्भीर छलफल गरी अभिलम्ब दोषीउपर कानुनी कारबाही गर्ने आश्वासन प्राप्त गरिएको भन्दै संघले कारबाही नभए जस्तोसुकै कदम चाल्नसक्ने मंगलबार विज्ञप्ति जारी गरी चेतावनी दिएको छ ।