पोखरा, असोज ११ । विश्व पर्यटन दिवसका अवसरमा पोखराका पर्यटन व्यवसायीले आकाशमार्ग हँुदै पोखरा पुगेका पर्यटकलाई स्वागत् गरेका छन् ।
पोखरा पर्यटन परिषदको संयोजनमा मंगलबार पोखरामा पर्यटनसम्बद्ध संघ–संस्थाले पर्यटकलाई अबिर–माला र बाजागाजाले स्वागत् गरेका हुन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष सोमबहादुर थापा, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन कार्यलय पोखराका प्रमुख डोलराज ढकाललगायतले पर्यटकलाई स्वागत् गरेका थिए ।
मंगलबारै साँझ रेवान पोखराको आयोजनामा पोखराको लेकसाइडमा एकदिने मिनीसडक महोत्सव आयोजना गरिँदैछ ।





प्रतिक्रिया दिनुहोस्