
काठमाडौं, असोज ११ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सामुदायिक रेडियो धादिङ बन्द गराउने नियतले आक्रमण गरिएको भन्दै त्यसको भर्त्सना गरेका छन् ।
मध्यरातमा रेडियो धादिङ बन्द गर्ने गरी सरकारले डोजर लगाएर आक्रमण गरेको उनको आरोप थियो ।
रेडियो धादिङको भवन डोजर लगाइ आक्रमण गरिएको घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनकि गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले रेडियो धादिङमाथिको आक्रमण मानव सभ्यताका लागि लजामर्दो घटना हो’–भने ।
कार्यक्रममा सामुदायिक रेडियोका सहअध्यक्ष मीनबहादुर शाहीले मध्यरातमा रेडियोभित्र सुतिरहेका रेडियोकर्मीलाई लछार–पछार गर्दै बाहिर निकालेर रेडियोमा आक्रमण गरिएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्