Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


सुनको मूल्यमा गिरावट


0
Shares

काठमाडौं, असोज ११ । मंगलबार पनि सुनको मूल्य ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार पनि तोलामा १ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि ५ रुपैयाँ घटेर ८ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४१ डलर हाराहारीमा कारोबार भएको थियो ।