
वीरगन्ज, चैत २३ । जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेपछि हावाहुरी प्रभावितलाई राहत वितरण कार्य व्यवस्थित हुँदै गएको छ ।
शुक्रबारदेखि एकद्वार प्रणाली लागू भएपछि राहत वितरण व्यवस्थित भएको स्थानीयहरुले बताएका छन् ।
राहत वितरण कार्य व्यवस्थित नभएको गुनासो आएपछि दैवी प्रकोप उद्धार समिति बाराले शुक्रबारदेखि राहत वितरण कार्यमा एकद्वार प्रणाली लागू गरेको हो ।
राहत वितरणका लागि अझैपनि तथ्यांक संकलन भइरहेको छ ।
प्रभावित सबै परिवारमाझ राहत पुगिरहेको नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर–२ का अध्यक्ष फुलमहमद मियाँले बताए ।
स्थानीय तहको सिफारिसमा प्रभावित परिवारलाई कार्डसमेत उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्