
कञ्चनपुर, असोज १२ । नजिकिँदै गएका चाडपर्वका बेला यात्रुलाई सुरक्षित यात्राको आभास दिलाउन कञ्चनपुर बसपार्कमा हेल्प डेस्क स्थापना गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयले चाडपर्वका बेला ‘सुरक्षित यात्रा हामी सवैको चाहना’ भन्ने मुल नाराका साथ यात्रुको सुखद र सुरक्षित यात्राका लागी नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
दसैं तिहारका बेला यो बसपार्क भएर हजारौं यात्रु घर जाने गर्दछन् । यो समयमा बसपार्क क्षेत्रमा अत्याधिक भिड हुने भएकाले यात्रुलाई सहयोग गर्न नागरिक सहायता कक्षको स्थापना गरिएको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तुलसीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्