Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


स्थानीय तहबारे सहमति जुटिसकेको प्रधानमन्त्रीको दाबी


0
Shares

चितवन, असोज १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सबै पक्षको सहमति हुने बताएका छन् ।

बुधबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कतर्व्य हो ।’

उनले संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति हुने पनि जनाए ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिएको जानकारी दिँदै यसले विश्वासको वातावरण वृद्धि गर्ने बताए ।

‘हामी मधेशवादी दल र प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सम्वादको क्रममा छौं । स्थानीय तहबारे सहमति जुटेको छ, यसले संविधान संशोधन र निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बनेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा चितवनको विकास निर्माणले प्राथमिकता पाउने बताउँदै त्यसका लागि सरकारले ध्यान दिने जनाए ।