११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


प्रस्तावित दुई राजदूतको सुनुवाइ, सांसदहरुबीच चर्काचर्की


0
Shares

काठमाडौं, असोज १२ । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित नयाँ राजदूतहरुको आज सुनुवाइ गरेको छ ।

सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाईका लागि पठाएको थियो ।

दुवै प्रस्तावित राजदूतहरुले देशको सम्बन्ध सुधार र नेपालको पर्यटन क्षेत्रको विकासका लागि पहल गरिने बताएका छन् ।

प्रस्तावित राजदूतहरुको आ–आफ्नो अवधारणा र कार्ययोजना सुनाएका थिए । संसदीय सुनुवाई समितिको बैठकमा भारतका लागि प्रस्तावित राजदूत उपाध्यायको विषयलाई कांग्रेस र एमालेका सांसदहरुबीच चर्को वादविवाद भएको थियो ।

एमालेका सांसदहरुले एउटा सरकारले असफल भएको ठहर गरी फिर्ता बोलाएका व्यक्तिलाई पुनः अर्को सरकारले राजदूत नियुक्तिमा सिफारिस गर्न नहुने बताएका थिए ।

तर कांग्रेसका सांसदहरुले राजनीतिक प्रतिशोधका आधारमा मात्र राजदूतलाई फिर्ता बोलाइएको जिकीर गर्दै उपाध्यायको बचाउ गरेका थिए ।