११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


५२ वटा विभेदकारी कानुन संशोधन गर्न महिलाहरुको माग


0
Shares

काठमाडौं, असोज १२ । महिला अधिकारकर्मीहरुले विभेदकारी कानुन संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
अन्तर पार्टी महिला सञ्जालले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले कानुनमा अझै पनि महिलाप्रति विभेद रहेको भन्दै ५२ वटा विभेदकारी कानुनको संशोधन गर्न माग गरेका हुन् ।
सञ्जालले निर्वाचनमा पनि पुरुष सरह महिलाको समान सहभागीता हुनुपर्नेमा जोड दिएको छ ।
महिलाहरुले अब आउने स्थानीय निकायको निर्वाचनमा पुरुष सरह महिलाको पनि समान सहभागीता गराउन राजनीतिक दलहरुलाई सुझाव दिएका थिए ।
यस्तै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिलाको पहँुच बढाउन महिला अधिकारकर्मीहरुले सरकारलाई आग्रह गरेका छन् ।