Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपाल एअरलाइन्सको पोखरा, भैरहवा र सिमरा उडान सुरु, यस्तो छ भाडादर


0
Shares

                                                      फाइल फोटो

काठमाडौं, असोज १२ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले बुधबारदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ ।

दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए ।

उनकाअनुसार निगमको जहालले बिहान ६ः३० बजे पोखरा र १०ः३० बजे भैरहवा उडान भरेको छ ।

सिमराका लागि बिहान ८ः३० बजेको उडान तालिका रहेपनि बुधबार उडान भएन ।

पोखराका लागि एकतर्फी रु २५५०।–, भैरहवा रु ३०२५।– र सिमराको रु २२२५।– भाडा निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो ।

निगमसँग आन्तरिक उडानका लागि चारओटा जहाज छन् । हाल तीनओटा जहाजलेमात्रै उडान भर्दैआएका छन् ।

बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताए ।

निगमको हाल एक बोइङ र दुई एअरबस गरी तीनओटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने दुई वाइड बडी जहाज खरिदका लागि निगमले गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ । रासस