११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मानवअधिकारको टोली सुनसरीमा, एसएसबीको ‘ज्यादती’बारे जानकारी लियो


0
Shares

सुनसरी, असोज १२ । सुनसरीको सप्तकोसी बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बुधबार स्थलगत् निरीक्षण गरेको छ ।

आयोगका सदस्य गोविन्द शर्मा र मोहना अन्सारीसहितको टोलीले पासपुर, महेन्द्रनगर, बराहक्षेत्र, मधुवन, हरिपुर श्रीपुर गाविसको निरीक्षण गरेको हो ।

टोलीले गत असोज १ गते भएको डुंगा दुर्घटना र भारतीय सुरक्षा बल (एसएसबी)ले गर्ने ज्यादतीको घटनाबारे जानकारी पनि लिएको छ ।