Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


शेयर ओर्लिनेक्रम रोकिएन


0
Shares

काठमाडौं, असोज १२ । बुधबार पनि शेयरबजार परिसूचक नेप्से ऋणात्मक रहनेक्रम जारी रह्यो ।

यसदिने नेप्से साढे ४ अंकले झरेर १७ सय ४९ बिन्दूमा आइपुग्यो । उत्पादनमूलक र अन्य समूह सामान्य अंकले सकारात्मक रहेपनि अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च ७८ अंकले घट्यो । यस्तै, होटल समूह करिब १५ अंकले घट्यो भने विकास बैंक समूहमा ६ अंकको गिरावट आयो । वाणिज्य बैंक समूह पनि करिब ३ अंकले झर्‍यो ।

यसदिन १ सय ३६ कम्पनीको ११ लाख कित्ता शेयर ७५ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।