काठमाडौं, असोज १२ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि नेपाल–भारत व्यापार सम्बन्धमा केही सुधार आउने अपेक्षा सरोकारवालाहरुले गरेका छन् ।
बुधबार राजधानीमा आयोजना गरिएको यससम्बन्धी अन्तरक्रियामा सहभागीहरुले यस्तो अपेक्षा गरेका हुन् ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि नेपाली व्यापारीहरुलाई भारतमा र भारतीय लगानीकर्ताहरुलाई नेपालमा व्यापार र लगानीका लागि वातावरण सहज बन्ने उनीहरुले दाबी गरेका हुन् ।
कार्यक्रममा सहभागीहरुले नेपाल र भारतबीचको व्यापारघाटालाई जलविद्युत् आयोजनालेमात्र सन्तुलन गर्नसक्नेमा जोड दिँदै पन्चेश्वर जलविद्युत् आयोजनाले दुबै देशको व्यापारिक सम्बन्धलाई सहज तुल्याउने विश्वास पनि व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्