
काठमाडौं, असोज १३ । पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटनापछि खोजीका लागि परिचालित गोताखोरको टोलीले त्रिशुली नदीमा एउटा गाडी फेला पारेको छ ।
त्रिशूली नदीको करिब १० फिट गहिराइमा गाडी फेला परेको प्रहरीले जनाएको छ । पानीभित्र डुबेको अवस्थामा फेला परेको गाडि पूर्वगृहमन्त्री घिमिरे चढेको हो वा अरु नै हो भन्ने यकिन हुन सकेको छैन ।
दुर्घटनास्थल घोप्टेभीरबाट २० मिटर तल गाडी फेला परेको हो । गोताखोरको टोलीले गाडिलाई नदीबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।
मुग्लिनबाट काठमाडौं आउँदै गरेको घिमिरे चढेको बा. ९ च १५३१ नम्बरको स्कार्पियो जीप गत आइतबार साँझ घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल खसेको थियो ।
घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यन्याकुमारी, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको थियो ।
घिमिरेका गाडि चालक विष्णुबहादुर राईको भने घाइते अवस्थामा उद्दार गरिएको थियो । गाडिमा सवार घिमिरेसहित तीन जना भने अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्