
काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्कको प्रभावकारिता निकै फितलो भएकोमा चिन्ता व्यक्त गर्दै यसलाई प्रभावकारी बनाउन नीति र निर्णयहरुको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा आज राजधानीमा भएको कार्यक्रममा सार्कका मुलुकहरुले विवाद होइन सहकार्यका माध्यमबाट शिखर सम्मेलन गर्नुपर्ने स्पष्ट पारे ।
दुई दिने सम्मेलनमा संगठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलंका, भुटान, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र मालदिभ्सका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरु सहभागी छन् ।
सम्मेलनमा सार्कको तीन दशक, आर्थिक सहयोग, संस्थागत विकासजस्ता पाँच विषयमा सात वटा कार्यपत्र प्रस्तुत गरिँदै छ ।
सन् २०१४ मा काठमाडौंमा भएको सार्कको १८ औं शिखर सम्मेलनबाट नेपालले सार्कको अध्यक्षता ग्रहण गरेको थियो । सार्कको आगामी १९ औं शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्