
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर आज बदली भइ वर्षा भएको छ । स्थानीय न्यूनचापीय वायु र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएको हो ।
कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ । यो क्रम अझै केही दिन लम्बिनसक्ने मौसमविद्हरुले बताएका छन् ।
गत साता बारा र पर्सामा आएका हावाहुरीले ठूलो जनधनको क्षति भएपछि त्यसको त्रास कायमै रहेका बेला शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्य हावाहुरीसहित पानी प¥यो ।
एक्कासी मौसम बिग्रिएर बिहानै अँध्यारो भएपछि कतिपय त्रसितसमेत भए ।
मेघगर्जनसहित छिनछिन्मा पानी पर्ने र रोकिने क्रम दिनभर जसो नै चल्ने मौसमविद्हरुले बताएका छन् ।
स्थानीय र पश्चिमी वायु सक्रिय भएका कारण हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो क्रम अझै केही दिनसम्म चल्ने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
विशेष गरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाले सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्