
पाल्पा, असोज १३ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति पाल्पाले ९ ओटा स्थानीय तहको प्रस्ताव गरेको छ ।
राजनीतिक दल, सांसद, पूर्वजनप्रतिनिधि र प्राविधिक सहयोग समितिको सहमतिमा तीन नगरपालिका र ६ गाउँपालिका सिफारिस गरिएको हो ।
जनमोर्चाले भने असहमति जनाउँदै १४ स्थानीय तह निर्माण गर्नुपर्ने माग राखेको छ ।
सहमति भएका ९ ओटा स्थानीय तहको केन्द्र र नाम भने जनतासँगको छलफलबाट टुंग्याउने दलहरुबीच सहमति भएको छ ।
स्थानीय तह–१ मा पूर्वी पाल्पाका सातओटा गाविस समावेश गरिएको छ, जसमा बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाविस छन् ।
स्थानीय तह–२ मा रामपुर नगरपालिका कायम गरिएको छ ।
स्थानीय तह–३ मा ११ ओटा गाविस समावेश गरी नगरपालिका सिफारिस गरिएको छ, जसमा सिलुवा, रिङ्नेरह, जल्पा, वीरकोट, हेक्लाङ, हुँगी, फोक्सिङकोट, पीपलडाँडा, हुमिन, ताहुँ र देवीनगर गाविसलाई समावेश छन् ।
स्थानीय तह–४ मा सातओटा गाविस समावेश गरिएका छन्, जसमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुर गाविस छन् ।
स्थानीय तह–५ मा चारओटा गाविस समावेश गरिएका छन्, जसमा कचल, दोभान, मस्याम र कोल्डाँडा गाविस समावेश छन् ।
स्थानीय तह–६ मा ९ ओटा गाविस परेका छन् । यस गाउँपालिकामा खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, नायरनम्तलेस, पोखराथोक, चिर्तुङधारा, चापपानी र बराङ्दी गाविस रहेका छन् ।
स्थानीय तह–७ मा तानसेन नगरपालिकासहित पाँचओटा गाविस समावेश गरिएका छन्, जसमा तानसेन नगरपालिका, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्वा गाविस छन् ।
स्थानीय तह–८ मा ९ ओटा गाविस समावेश गरिएका छन्, जसमा अर्गली, ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाविस छन् ।
स्थानीय तह–९ मा ८ ओटा गाविस समावेश रहेका छन्, जसमा सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्ढेङ्गढी र सत्यवती गाविस छन् ।
जिल्ला तहमा भएको सहमतिलाई ९ ओटै तहमा छलफलका लागि लैजाने र छलफलबाट आएका सुझाव समावेश गरी असोज १५ गतेभित्र स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाउने प्राविधिक समितिका सदस्यसचिव योजना तथा प्रशासकीय अधिकृत चूडामणि बस्यालले बताए ।
सहमतिका आधारमा सिफारिस गरिएका ९ ओटै स्थानीय तहमा गाविसहरु नटुक्राइ सीमांकन गरिएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्