११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


राष्ट्रपति भण्डारीद्वारा फेवाताल सफाइ अभियानको थालनी


0
Shares

पोखरा, असोज १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार फेवाताल सरसफाइ अभियानको शुभारम्भ गरेकी छन् ।

राष्ट्रपति भण्डारीले फेवातालबाट जलकुम्भी झार निकालेर अभियानको थालनी गरेकी हुन् ।

पोखरा उपमहानगरपालिकाको संयोजनमा यो अभियान सन्चालन हुनेछ ।

विहीबारै पोखरामा राष्ट्रपति भण्डारीले हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जोशीलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

विहीबारै राष्ट्रिपति भण्डारीले विन्ध्यवासिनी मन्दिरमा पूजाआजासमेत गरिन् ।