२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


दुई दिन देखि हराइरहेकी महिलाको शब खेतमा भेटियो


0
Shares

कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरबाट दुई दिन देखि हराईरहेकी एक महिलाको शब खेतमा फेला परेको छ ।

खरेन्द्रपुर निवासी विजय लोनीया की ४० बर्षीया श्रीमती शुभावती लोनीयाको शब खरेन्द्रपर छाला कारखाना नजिकै गँहु खेतमा फेला परेको हो ।

बिहीबार विहान घरवाट निस्केकी शुभावती अबेरसम्म घर नफर्किएकी उनको खोजीकार्य भैरहेको थियो ।

शुभावतीको मनसिक अवास्था केहीदिन देखि ठिक नभएको उनको परिवारले बताएका छन ।

शव नजिकै सेल्फास नामक विषादी पनि भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिए ।

शुभावतीको मृत्यु बारे थप अनुुुसान्धन भैरहेको प्रहरीले जनाएको छ ।