५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘स्वास्थ्य अधिकार माफियातन्त्रले कार्यान्वयन हुन दिएन’


0
Shares

काठमाडौं, असोज १३ । विश्व मुटु दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मधुमेह समाजलगायतको नेपाल हार्ट नेटर्वकले मुटुरोग तथा स्वस्थ्य मुटु सम्बन्धमा जनचेतनामूलक कार्यक्रम गरेका हुन् ।

राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले नेपालमा स्वास्थ्य अधिकार भएपनि स्वास्थ्य क्षेत्रको माफियातन्त्रले कार्यान्वयन हुन नदिएको बताए ।

सो अवसरमा स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य अधिकारलाई कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्यमन्त्री थापाले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई कदरपत्रसहित सम्मान गरे ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नेपालमा हाल ६० लाख जनता मुटुरोगबाट पीडित रहेको दाबी गर्दै जीवनशैली परिवर्तन गरे ९० प्रतिशत मुटुरोग नियन्त्रण हुनसक्ने जनाएको छ ।

सन् २०३० सम्म नेपाललगायतका विकासोन्मुख राष्ट्रहरुमा हृदयघात भएर मृत्युहुनेहरुको संख्य ३५ प्रतिशतले बढी हुने अनुमानसमेत गरिएको जनाइएको छ ।

मुटुरोगीहरुको संख्या नेपालमा पाँच गुणाले बृद्धि भएको, ३० प्रतिशत वयश्कमा उच्चरक्तचाप, २० प्रतिशतलाई कालेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई मुटुको रोग भएको प्रतिष्ठानले जनाएको छ ।

विहीबारै बिहान विश्व मुटु महासंघले तय गरेको ‘मुटुमा उर्जा थपौं, जीवनलाई उर्जावान बनाऔं भन्ने नारासहित काठमाडौंको बसन्तपुरबाट मुटुरोग र रोकथामसम्बन्धी जनचेतनामूलक र्‍यालीसमेत निकालिएको थियो ।