काठमाडौं, असोज १३ । सरकारले सन्चालन गरेको सुपथ मूल्य पसलको सांसदहरुले अनुगमन गरेका छन् ।
आपूर्ति विभागको संयोजनमा विहीबार सांसदहरुको टोलीले उपत्यकामा राखिएका सुपथ मूल्य पसलको अनुगमन गरेका हुन् ।
सरकारले चाडपर्वलाई लक्षित गरी राजधानीका विभिन्न स्थानमा सुपथ मूल्यका पसल सन्चालन गरिरहेको छ ।
विहीबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले पनि यी पसलहरुको अनुगमन गर्यो ।
सुपथ मूल्यका पसलमा पनि म्याद नाघेका, मूल्य नराखिएका सामग्री बिक्री भएको भन्ने गुनासो आएपछि सांसदहरुको टोलीले अनुगमन गरेको हो ।
काठमाडौं उपत्यकामा नेसनल ट्रेडिङका २, साल्ट ट्रेडिङका ५, खाद्य संस्थानका ३ र दुग्ध विकास संस्थानका ४ ओटा सुपथ मूल्यका पसलहरु सन्चालनमा छन् ।





प्रतिक्रिया दिनुहोस्