२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


असन जात्रा धुमधामका साथ मनाईंदै


0
Shares

काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धुमधामका साथ मनाईंदैछ ।

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ ।

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ ।

यसक्रममा तीन दिदी बहिनीको रथ ठोक्काउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ ।

यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो । रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ ।

यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । यसक्रममा बिशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ ।

असनमा चिलाख साटासाट गरेपछि तीन वटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ ।

यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।