१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


प्रहरीले राजनीतिक दबाबमा काम गर्नु हुँदैन : प्रहरी महानिरीक्षक


0
Shares

भीमदत्तनगर, असोज १३ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा शुक्रबार आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा महानिरीक्षक अर्यालले भने, ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ ।’

प्रहरीले राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्ने उनको भनाइ थियो ।

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए । (रासस)