१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सार्क सम्मेलन अन्योलः नेपालले के गर्नुपर्छ ? यसो भन्छन् विज्ञ


0
Shares

काठमाडौं, असोज १४ । भारत र पाकिस्तानको द्वन्द्वका कारण पाकिस्तानमा अर्को महिना आयोजना हुने १९औं सार्क शिखर सम्मेलन अन्योलमा परेकोबेलामा सार्कका जानकारहरुले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सम्मेलनका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थविद् विश्वम्भर प्याकुरेलले सार्क अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्क सम्मेलनमा अवरोध नगर्न सबै सदस्य राष्ट्रहरुलाई सामूहिक अनुरोध गर्नुपर्ने सुझाव दिए ।

उनले यसका लागि नेपालले कुटनीतिक पहललाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

यस्तै, कुटनीतिज्ञ प्रद्युम्न शाहले सार्क सम्मेलनको मिति र स्थान परिवर्तन गरेर भएपनि सार्क सम्मेलन सम्पन्न गराउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले विशेष पहल गर्नुपर्ने धारणा राखे ।

अर्का कुटनीतिज्ञ डा. निश्चलनाथ पाण्डेले आतंकवादविरुद्ध सबै देशहरु गोलबद्ध भएको भन्दै भारत र पाकिस्तानबीच बढ्ने द्वन्द्वमा नेपालले सर्तक भएर सम्मेलनका लागि पहल गर्नुपर्ने बताए ।

यस्तै, प्रधानमन्त्रीका सल्लाहकार ऋषि अधिकारी सार्क सम्मेलन समयमै गराउन नेपालले कुटनीतिक पहल जारी राखेको बताए ।