Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


गद्दी बैठक जीर्णोद्धारका लागि अमेरिकाले सात लाख डलर दिने घोषणा


0
Shares

काठमाडौं, असोज १४ । गत वर्षको भूकम्पबाट भत्किएको काठमाडौंको हनुमानढोका दरबारस्थित गद्दी बैठक जीर्णोद्धारका लागि अमेरिकाले सात लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी शिक्षा तथा संस्कृति सहायकमन्त्री एभन रायनले शुक्रबार गद्दी बैठकको निरीक्षणपछि उक्त अनुदान घोषणा गरेकी हुन् ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष कार्यक्रमअन्तर्गत् युनेस्को सम्पदा स्थलकारुपमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक जीर्णोद्धार र भूकम्पप्रतिरोधी क्षमतामा सुधारका लागि सहयोग गरेको हो ।

सो अवसरमा अमेरिकी सहायकमन्त्रीले ‘नेपालका अनुपम र अद्वितीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्न अमेरिका प्रतिबद्ध छ’–भनिन् ।

कार्यक्रममा उक्त अनुदान रकम गद्दी बैठकको मर्मतका साथै दरबारको संरचनागत सुरक्षा र भूकम्पप्रतिरोधी क्षमतामा सुधारकार्य गरिरहेको मियामोटो ग्लोबल डिजास्टर रिलिफलाई प्रदान गर्ने जानकारी दिइयो ।