Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल शीर्ष स्थानमा


0
Shares

काठमाडौं । साउथ ह्याम्पटनलाई हराउँदै लिभलपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाहा पुनः एक पटक नायक बने ।

एकल प्रयासमा गोल गर्दै उनले लिभरपुलको जितको बाटो तय गरेका थिए । घरेलु टोलीले खेलको नवौँ मिनेटमा साने लङको गोलबाट अग्रता बनाएको थियो ।

लिभरपुलका नाबी केईटाले ३६ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । सलाहले ८० औं मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

खेल सकिन ४ मिनेट बाँकी रहँदा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुुलको जित सुनिश्चित गरे ।

शीर्ष स्थानमा फर्किएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । साउथ ह्याम्टन ३३ अंकसहित रेलिगेसन जोन भन्दा दुई स्थान माथि छ ।