काठमाडौं, असोज १४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल रु पाँच लाख दिनुपर्ने बताएका छन् ।
पार्टीले शुक्रबार भद्रकालीमा गरेको धर्ना कार्यक्रममा संयोजक डा. भट्टराईले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका २५ बुँदे सम्झौताका केही बुँदा नेपालको राष्ट्रहितमा नभएको भन्दै आपत्ति जनाएका थिए ।
धर्ना कार्यक्रममा प्रदेश सीमांकन नमिलाइ पञ्चायतकालीन इलाकालाई नै गाउँपालिकामा रुपान्तरण गर्ने निर्णय खारेज गरिनुपर्ने, महँगी तथा भ्रष्टाचार नियन्त्रण र दैनिक उपभोग्य सामग्रीको सुपथ मूल्य कायम गरिनुपर्नेलगायत माग गरिएको थियो । रासस





प्रतिक्रिया दिनुहोस्