पाँचथर, असोज १४ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले मुलक अब आर्थिक क्रान्तितर्फ होमिनेबेला आएको बताएका छन् ।
शुक्रबार पाँचथरको फिदिममा संघको दशौं साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै उनले अब आर्थिक क्रान्तिलेमात्रै मुलक समृद्ध बन्ने जिकिर गरे ।
सरकारले निर्माण व्यवसायीलाई साथ लिएर अघि नबढेसम्म आर्थिक क्रान्ति सम्भव नहुने उनको दाबी थियो ।
शनिबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्