१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सार्कको १९ औं शिखर सम्मेलन स्थगित, चाँडै अर्को मिति तय गरिने


0
Shares

काठमाडौं, असोज १५ । पाकिस्तानले आउँदो नोभेम्बरमा हुने तय भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मेलन स्थगित गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको विदेश विभागले एक वक्तव्य जारी गरी आउँदो नोभेम्बर ९ र १० का लागि तय भएको सार्क सम्मेलन स्थगित भएको र सम्मेलनको नयाँ मिति चाँडै नै सार्वजनिक गरिने उल्लेख छ ।

भारतले सम्मेलनमा भाग नलिने घोषणा गरेको तथा सम्मेलनका लागि बाधा उत्पन गरेको आरोप लगाएको छ ।

श्रीलंकाले पनि पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने घोषणा गरेको थियो । अहिलेसम्म श्रीलंका र भारतसहित अफगानिस्तान, बंगलादेश र भुटानले पनि पाकिस्तानको इस्लामाबादमा हुने सार्कको १९ औं सम्मेलनमा भाग नलिने बताएका छन् ।

काश्मिरमा भएको हिंसात्मक गतिविधिपछि पाकिस्तान र भारतबिचको सम्बन्धमा तनाव उत्पन भएपछि सार्क सम्मेलनमा प्रभाव परेको हो ।