काठमाडौं, असोज १५ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा चुनौति बढ्दै गएको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले आज राजधानीमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरु प्रतिबद्ध नभएको आरोप लगाए ।
संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले सबै राजनीतिक दलसँग छलफल अगाडि बढाएको भन्दै उनले संविधान कार्यान्वयनबाटै प्राप्त उपलब्धि संस्थागत हुने पनि बताए ।
उनले स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन गराउने दायित्व वर्तमान सरकारको भएको भन्दै निर्वाचनको लागि जुट्न पनि आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्