
काठमाडौं, असोज १५ । संयुक्त राष्ट्रसंघले ‘नियन्त्रण रेखा’मा भारतले ‘सर्जिकल स्ट्राइक’ गरेको भन्ने कुराको खन्डन गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव बान किन मुनका प्रवक्ता स्टिफन दुजारिकले भारत र पाकिस्तान नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको कुनै प्रमाण नभएको भन्दै खन्डन गरेका हुन् ।
दुजारिकले आफ्नो सैन्य दलले २४ सै घन्टा निगरानी गरिरहेको भन्दै भारतले कुनै सर्जिकल स्ट्राइक गरेको प्रमाण नभेटिएको स्पस्ट पारे ।
यद्यपि, संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैय्यदले भने आफूहरुले सर्जिकल स्ट्राइक गरेको सही भएको भन्दै कसैले देख्ने/नदेख्नेमा कुनै फरक नपर्ने जनाएका छन् ।
भारतले जम्मु–कस्मिर क्षेत्रको नियन्त्रण रेखामा चरमपन्थीको अखडा नस्ट गर्न सर्जिकल स्ट्राइक गरेको दाबी गर्दै आएको छ ।
पछिल्लो समय भारत र पाकिस्तानबीच जम्मु–कस्मिर क्षेत्रलाई लिएर तनाब हुँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्