
राजविराज, असोज १५ । विजयादशमीको पहिलो दिन शनिबार सप्तरीमा पनि विभिन्न मन्दिर तथा शक्तिपीठमा श्रद्धालु भक्तजनले भव्यतापूर्वक पूजाआजा गरेका छन् ।
पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाआजाका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनको दिनभरि नै घुइँचो लाग्यो ।
योपटकको दसैंमा यहाँ करिब ५० लाख भक्तजनले दर्शन गर्ने अनुमान रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्