१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव


0
Shares

पोखरा, असोज १५ । बडादसैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ ।

नवरात्रीको ९ दिनसम्म चल्ने महोत्सवको सुरुआतको अवसरमा घटस्थापनाको दिन शनिबार बृहद् शोभायात्रा निकालिएको छ ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुँदै पुनः मन्दिरमा पुगेर महोत्सवमा परिणत भएको हो ।

शोभायात्रामा नवदुर्गाको ९ रुपको झाँकी, १ सय ८ कलश, विध्यावासिनी मन्दिरको झाँकी, विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झाँकी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा धार्मिक, सामाजिक, शैक्षिक संघ–संस्थाको सहभागिता थियो ।