
काठमाडौं । थेरवादी वौद्धमार्गी भिक्षु अश्वघोष महास्थवीरको ९४ वर्षको उमेरमा आज निधन भएको छ ।
मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनिया लगायतका रोगहरुबाट पीडित भिक्षु अश्वघोषको उपचारका क्रममा टोखास्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
आठ दशकदेखि बुद्ध दर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नु भएका भिक्षु अश्वघोषका १ सय ५० वटा कृति प्रकाशित छन् ।
राष्ट्रिय सभाको सदस्य समेत भइसकेका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत थिए ।
“
प्रतिक्रिया दिनुहोस्