
रत्न आचार्य (इमेज)
सुनसरी, असोज १५ । सुनसरीको धरान उपमहानगरपालिकाको बीचमा पर्ने सर्दुखोलामा पक्कीपुल नबन्दा आवत–जावतमा समस्या भएको छ ।
धरानलाई नगरपालिका घोषणा गरिएको ५५ वर्ष पूरा भएपनि धरान–चतरा सडकखन्डमा पर्ने सर्दुखोलामा झोलुंगेपुलसमेत नभएका कारण सर्वसाधारणले दिनहुँ खोला तरेर आवत–जावत गर्नुपर्ने बाध्यता छ ।
धरान–चतरा सडकखन्डमा पर्ने सर्दुखोलामा झोलुंगेपुल नभएका कारण उपचारका लागि अस्पताल आउने बिरामी र विद्यालय जाने बालबालिका समस्यामा परेका हुन् ।
सर्दुखोलामा पक्की तथा झुलुंगेपुलसमेत नभएका कारण सर्वसाधारणको आवत–जावतमा समस्या भएको भन्दै स्थानीयले सरकारसँग पक्कीपुल निर्माण गर्न माग गरेका छन् ।
धरान उपमहानगरपालिका १७ र २७ नम्बर वडाको बीचमा पर्ने सर्दुखोलामा पक्कीपुल नबन्दा प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र जाने यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् । जसका कारण सयौं तीर्थयात्री र पर्यटक बीच बाटोबाटै फर्कन बाध्य छन् ।
खोलामा पुल नभएकै कारण सुनसरीको दक्षिणी क्षेत्रका आधादर्जनभन्दा बढी गाविसका सर्वसाधारणहरु उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटल आउन बन्चित हुने गरेका छन् ।
एम्बुलेन्सबाट बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत कठिनाइ भएको एम्बुलेन्स चालक बताउँछन् ।
विद्यालय जाने बालबालिकासमेत ज्यानको जोखिम मोलेर खोला तर्ने गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्