Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कालीगन्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु, ३९ किलोमिटर लामो करिडोर बन्ने


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असोज १५ । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगन्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ ।

आयोजनाको २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखन्डको काम शनिबारदेखि सुरु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–४ खुर्कोटस्थित २२०/१३२ र ३३ केभी सबस्टेसनको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले शिलान्यास गरे ।

आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानाखन्ड ३९ किलोमिटर लामो हुने जनाइएको छ ।

विद्युत् प्रसारणलाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड रुपैयाँ खर्च हुने आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

एसियाली विकास बैंकको सहयोगमा सन्चालित कालीगन्डकी प्रसारण करिडोर आयोजनाको खुर्कोट–कुस्माखन्डको काम २८ महिनामा सम्पन्न हुने जनाइएको छ ।