Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


वाणिज्य बैंकमा बृद्धि आएपछि साताको नेप्से सुधारियो


0
Shares

काठमाडौं, असोज १५ । यो साता शेयरबजार परिसूचक नेप्सेमा सुधार आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २३ अंकले बढेर अन्तिम दिन १७ सय ५३ अंकमा पुग्यो ।

कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै साताको नेप्से सुधारिएको हो । यो साता वाणिज्य बैंक समूहमा करिब ४० अंकको बृद्धि आयो ।

यस्तै, होटल समूह ४३ अंकले बढ्यो भने जलविद्युत् समूह पनि १५ अंकले बढ्यो । बीमा र विकास बैंक समूहमा भने गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५८ कम्पनीको चार अर्ब ४५ करोड रुपैयाँ बराबरका ५२ लाख ९२ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ५२ कम्पनीको पाँच अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरका ७२ लाख ३९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा २१ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक, कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड १ र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहे ।