
काठमाडौं, असोज १६ । साझा यातायातले आज(आइतबार)देखि लामो दूरीको बस सेवा सुरु गरेको छ ।
साझाले हाल काठमाडौं-बागलुङ्ग र काठमाडौं-गोरखा गरी दुई रुटमा लामो दूरीको बस सञ्चालन गरेको हो ।
टिकट बुकिङ्गको लागि पुल्चोक, गोङ्गबु बसपार्क एवं कलंकीमा साझाको काउन्टर राखिएको छ ।
काठमाडौं-बागलुङ्गको बस पुल्चोकबाट विहान साढे ६ बजे, गोङ्गबु बसपार्कबाट ७ बजे र कलंकीबाट साढे ७ बजे छुट्नेछ ।
त्यस्तै, काठमाडौं-गोरखाको बस पुल्चोकबाट ७ बजे, गोङ्गबु बसपार्कबाट साढे ७ बजे र कलंकीबाट साढे ८ बजे छुट्नेछ ।
२ सय ७५ किलोमिटर दूरीको काठमाडौं-बागलुङ्गको भाडा ५ सय ५० रुपैयाँ तोकिएको छ ।
२ सय २ किलोमिटर दूरीको काठमाडौंदेखि पोखराको भाडा ३ सय ८५ रुपैयाँ तोकिएको छ ।
१ सय ४१ किलोमिटर दूरीको काठमाडौं गोरखा रुटमा यात्रुले २७५ रुपैयाँ तिर्नुपर्नेछ । साथै दशैंमा साझा बसले अग्रिम टिकट बुकिङ्ग पनि सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्