१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


दशैंका लागि कोशी राजमार्गमा ५८ वटा बस चल्ने


0
Shares

धनकुटा, असोज १६ । दशैं–तिहारमा सवारी साधनमा यात्रुको चाप बढ्ने भएपछि कोशी पहाडी क्षेत्रमा एक दर्जन बढी ठूला बस थपिएको छ ।

कोशी राजमार्गअन्तर्गत धरानबाट धनकुटा हुँदै तेह्रथुम, भोजपुर तथा संखुवासभाका लागि गुड्ने सवारी साधन थप गरिएको हो ।

दैनिक ४४ वटा बस सञ्चालन हुंदै आएको सो क्षेत्रमा हाल ५८ वटा बस सञ्चालनमा ल्याईएको छ ।

सोही रुटमा दैनिक तीन दर्जनभन्दा बढी माईक्रो बस र दुई दर्जनको हाराहारीमा ट्याक्सी तथा एक दर्जनको हाराहारीमा टाटा सुमो समेत सञ्चालन गरिँदै आएको छ ।

दशै तथा तिहारमा तराईका जिल्ला र काठमाडौबाट पहाडी क्षेत्रमा आबतजाबत गर्नेको संख्या बढ्ने भएकाले सुरक्षित यात्राका लागि सबारी साधन थप गरिएको धनकुटा यातायात ब्यवसायी संघका उपाध्याक्ष ज्ञानबहादुर कट्वालले जानकारी दिए ।