
हेटौंडा, असोज १६ । मकवानपुरमा लोकल रुटमा चल्ने बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
२२ जना यात्रु घाइते भएका छन् । हेटौंडाको हाँडीखोलाबाट हेटौंडा बजार आउंदै गरेको ना ४ ख ४३०७ नम्बरको बस मकवानपुरको हाँडीखोला-२ मकरीमा दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी हाँडीखोला–२ का ३० वर्षिय सूर्यबहादुर लामा र सोही स्थानका चार वर्षका प्रनिस लामिछाने मृत्यु भएको हो ।
मृतक एक महिलाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइतेहरुको हेटौंडाको चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
ओरालोमा ब्रेक नलागेपछि भीरमा लगेर बसलाई ठक्कर दिएको चालकले प्रहरी समक्ष बयान दिएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्