Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


संविधान अझै अपुरो छ : प्रधानमन्त्री


0
Shares

बर्दिया, असोज १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान पीडित वर्गको मुक्तिका लागि अझै अपूरो रहेको बताएका छन् ।

बर्दियाको राजापुर क्षेत्रअन्तर्गत खोल्टीवजारमा आयोजित पूर्व मन्त्री रामचरण चौधरीको वार्षिक स्मृति सभामा उनले संविधानले थारु, आदीवासी, जनजाती, दलित र महिला लगायत धेरैको माग सम्वोधन गर्न नसकेको बताए ।

संघीय गणतान्त्रिक संविधान घोषणा गरिएपनि जनताले खोजे जस्तो नभएको प्रष्ट पारे ।

जनयुद्धकालमा बर्दियामा धेरै जना वेपत्ता पारिएको विश्वलाई थाहा भएको भन्दै उनले जनताको वलिदान खेर जान नदिने पनि बताए ।

यो संविधान गतिशिल भएकाले जनताका अधिकारहरु अझै थप गर्दै लान सकिने उनले उल्लेख गरे ।