
काठमाडौं, असोज १६ । संसदको सुशासन तथा अनुगमन समितिका सांसदहरुले चाडबाडका अवसरमा जनतालाई सहज रुपमा घर जाने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बिहान बसेको समितको बैठकमा बोल्दै सांसदहरुले पर्याप्त सवारी साधनको अभावमा दशैं मान्न घर जान सवारी साधन नपाएर जनताहरुले दुःख पाएको भन्दै घर सहज रुपमा जाने व्यवस्था गर्न र टिकटमा पनि भईरहेको कालोबजानरी रोक्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सांसदहरुले बाटोमा पनि सुरक्षीत रुपमा जाने व्यवस्था मिलाउन ठाउं ठाउंमा प्रहरी चेकिङ गराउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्