Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सिन्धुलीका जुनार बजारमा


0
Shares

सिन्धुली, असोज १६ । नेपालीको महान चाड दशैं र तिहारलाई लक्षित गरी सिन्धुलीका व्यापारीले जुनार बजारमा ल्याएका छन् ।

अघिल्लो बर्ष कार्तिक महिनादेखि उपभोगका लागि योग्य हुने जुनार यो बर्ष असोजदेखि नै बिक्री वितरण शुरु गरिएको हो । यो बर्ष रोग किरा नियन्त्रण र बोट, फलको संरक्षणका लागि किसानले विभिन्न प्रविधिको प्रयोग गरेसँगै जुनार एक महिना अगावै बजारमा आएको हो ।

सिन्धुलीमा यसवर्ष करिब २५ हजार मेट्रिक टनको हाराहारीमा जुनार उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

सिन्धुलीका तीनकन्या, वाशेश्वर, रतनचुरा, जलकन्या, भुवनेश्वरी, मझुवालगायत गाविस जुनार उत्पादनको पकेट क्षेत्र मानिन्छन् ।