Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चोरीको गहना बन्दकी राख्न जाँदा पक्राउ


0
Shares

काठमाडौं, असोज १६ । चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकालले बिगत १ महिना अगाडी खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राजधानीको मैतिदेवीस्थित ईन्द्र बहादुर विकले संचालन गरेको दक्षिणकाली सुनचाँदी पसलमा बिल समेत देखाई १ तोला बराबरको सुनको चुरा बन्दकी राखी नगद रुपैयाँ लिन लागेको अवस्थामा पसल धनीलाई शंका लागि प्रहरीलाई खबर गरेका थिए । तत्कालै आएको प्रहरीले ढकाललाई सोधपुछ तथा चेकजाँच गर्दा १ थान सुनको चुरा, १ थान सुनको जन्तर, १ जोर कानमा लगाउने झुम्कासमेत फेला परेको थियो ।

ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाइएको छ ।